काठमाडौं – अभिनेत्री मनिषा कोइरालाले आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको बताएकी छिन् ।
मंगलबार दिउँसो एउटा ट्वटि गर्दै मनिषाले कफको समस्याका कारण डर लागेर कोभिडको परिक्षण गरेको तथा त्यसको नतिजा नेगेटिभ आएको उल्लेख गरेकी छिन् ।
केहिदिन अगाडी नेपालले नयाँ नक्सा जारी गरेसँगै नेपालको पक्षमा ट्वीट गरेकी कोइराला भारतीय मिडियाको निशानामा परेकी थिइन । नेपालको पक्ष लिएसँगै भारतीय मिडियामा उनको चर्को आलोचना भएको थियो ।


