कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ ।
क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै सामाजिक सञ्जालमा उक्त कार्यक्रमका चर्को विरोध हुन थालेको छ ।
समता फाउण्डेसनले निर्माण गरेको ‘जातको प्रश्न’ कार्यक्रम नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो ।
यद्यपि, कार्यक्रम हिन्दुविरोधी भएको भन्दै बिरोध हुन थालेको हो ।
‘क्रिश्चियन एड नेपाल’ को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि आलोचित बनेका छन् ।
कलाकार भएर एउटा धर्मको प्रचार गर्ने कार्यक्रम मार्फत अभिनेता हमालले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ ।
हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज समेत उठ्न थालेको छ ।
सामाजिक संजालमा कार्यक्रमको चर्को बिरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेनगोलामा जम्मा भएका हिन्दु समर्थकहरुले अभिनेता हमालको पुत्ला समेत जलाएका छन् । त्यसक्रम क्रममा उनीहरुले हमाल र उक्त कार्यक्रमको चर्को विरोधसमेत गरे ।
कार्यक्रममार्फत हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवको आरोप छ ।
संयोजक यादवले नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल बन्द गराउनु पर्ने माग राखेका छन् ।




















