काठमाण्डौं – गीतकार अनु शाहको शब्द रचना रहेको गीत ‘तिम्रो प्यारमा छु’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ । नारायण सुवेदी आभाषले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ ।
भिडियोमा बुद्द थापाको छायांकन, विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।


