काठमाडौं– गायक रमण रेग्मी लामो समयदेखि अष्ट्रेलियामा छन् । नेपालमै छँदा सांगीतिक क्षेत्रप्रति झुकाब राख्न थालेका रेग्मीले अस्ट्रेलिया पुगेपछि पनि आफ्नो सांगीतिक मोहलाई त्याग्न सकेनन् ।
फलस्वरुप उनले संगीतकर्मलाई निरन्तरता दिइरहे । अस्ट्रेलियाका सिड्नी लगायतका शहरहरुमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रार्य नछुटाइ सहभागिता जनाउने रमणले अस्ट्रेलियामा रहेको नेपाली समुदायमा संगीतकर्मीकै छवि बनाएका छन् ।
यसबीच अस्ट्रेलियामै रहेर उनले गाएका विभिन्न गीतहरु लोकप्रिय समेत भएका छन् । ती मध्ये ‘घर त लगनखेल…’ एउटा उदाहरण हो ।
रिमिक्स भर्सनको उक्त गीतबाट रमणले राम्रै प्रशंसा पाए । यतिबेला उनी आफ्नो बिल्कुलै नयाँ गीतको म्युजि भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
‘मेरो पा छैन…’ शीर्षकको उनको स्वरमा रेकर्ड भएको यूगल गीतमा उनलाई गायिका मेलिना राईले पनि साथ दिएकी छिन् ।
संगीतकार हरि लम्सलले उक्त गीतमा शब्द, संगीतमा दिएका छैनन् संगीत सयोजन पनि गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियोलई भने गम्भिर विष्टले निर्देशन गरेका हुन्, जसमा अभिनेता पुष्प खड्का र उषा उप्रेतीले अभिनय गरेका छन् ।
यसैबीच गायक रेग्मीले आफ्नो नयाँ गीतको म्युजिक भिडियो प्रिमियर गरेको दिन पारेर नेपाल संगीतकार संघलाई नगद दश हजार १ सय ४० रुपैया सहयोग हस्तान्तरण गरेका छन् ।


