अभिनेत्री रेखा थापाले प्रतिबन्धित् नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले काम गरेको हेर्ने चाहना व्यक्त गरेकी छन् । एपीवान टेलिभिजनको ‘ग्ल्यामर गफ’मा प्रकाश सुवेदीसँगको कुराकानीमा उनले नेता विप्लवले काम गरेको हेर्ने चाहना व्यक्त गरेकी हुन्।
सुवेदीले पुष्पकमल दाहाल प्रचण्ड र विप्लवमध्ये एक जना मन परेको व्यक्ति छान्ने भनेपछि अभिनेत्री रेखाले विप्लवलाई छानेकी हुन्।
विप्लवलाई आफू छान्नुको प्रष्टिकरण दिने क्रममा रेखाले विप्लवले सत्तामा रहेर काम गरेको हेर्ने चाहना रहेको बताएकी हुन् ।


