गोरखा – गोरखाको २ स्थानिय निकाय ३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
जिल्लाको गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका ३ जनालाई आज डिस्चार्ज गरिएको गोरखा अस्पतालले पुष्टी गरेको हो ।
१४ दिन आइसोलेसनमा बसेको र राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाण्डौं र प्रदेश जन स्वास्थ्य प्रयोगशाला पोखरामा गराईएको स्वाब परिक्षणमा नेगेटिभ देखिए पछि उनीहरुलाई डिस्चार्ज गरीएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।
आज (सोमबार) डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका ३ का २६ बर्षका पुरुष र बारपाक सुलिकोट गाउँपालिका ८ को ३० बर्षिया १ महिला र १८ बर्षका पुरुष हुन ।
जिल्लामा हिजो साँझ सम्म कुल संक्रमितको संख्या ३२२ पुगेको छ । जस मध्ये आज सम्म १३३ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।





















