नायिका साम्राज्ञी राज्यलक्ष्मीले आफुलाई भुवन केसीले नराम्रो व्यवहार गरेको भन्दै आरोप लगाएकी थिइन् । यो विवादले ठूलै रुप लियो । यो केसमा अधिकांस फिल्मकर्मीहरु चुप बसे । त्यस्तै, नायिका रेखा थापा पनि केहि बोलिनन् ।
हालै एपिवान् बाट प्रसारण हुने कार्यक्रम ‘ग्यामर गफ’मा रेखाले अझै भुवन र साम्राज्ञीको केसमा तटस्थ रहेको बताइन् । ‘म न्यायको पक्षमा छु ।
कानुनी प्रक्रियामा गएको भए दुई जनामा को सत्य छ भनेर कानुनले बताउला । यदि हाम्रले सामान्य छलफल गर्ने हो भने दुवैजनासँग बसेर टेबल टक गर्नुपर्छ । यो केसमा कसैलाई साथ दिने अवस्था छैन’ उनले भनिन् ।
केहि समय अगाडी नायिका साम्राज्ञीले आफुलाई भुवन केसीले नराम्रो व्यवहार गरेको भन्दै आरोप लगाएपछि नायक केसीले पनि आफ्नो मानहानी भएको दाबी गर्दै केही संघसंस्था धाएका थिए । अहिले यो मुद्धा कानुनी प्रक्रियामा गइसकेको छ ।


