पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । ‘म त मोबाइल वाली’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको हो ।
गीतमा महेश कोइरालाको शब्द रहेको छ भने रिमेश कुमारको सङ्गीत रहेको छ । गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन् ।
सार्वजनिक म्युजिक भिडियोमा चन्दा दाहाल, आर्यन पुडासैनी र महेश कोईराला फिचर्ड छन् । एकान्त मगरको निर्देशन एवं सम्पादन रहेको भिडियो एलेन मगरले खिचेका हुन् । गीत केही फरक शैलीको बनेको छ ।


