पछिल्लोपटक निकै भाइरल बनेका मोडल अर्जुन बिक र लोकप्रिय गायिका सुनिता अधिकारी अभिनित नयाँ मार्मिक गीत बजारमा सार्वजनिक भएको छ ।
चर्चित गायिका बिमाकुमारी दुरा र युवा गायक तेजश रेग्मीको स्वरमा सजिएको ‘म त लमजुङ दुराडाँडा’मा बोलको नयाँ गीतमा मोडल बिक र गायिका अधिकारीको बेजोड प्रस्तुति रहेको छ ।
आफ्नै गीतमा नृत्य र अभिनय गर्दै आएकी लमजुङे गायिका अधिकारी अभिनित यो पहिलो गीत हो । गीतमा सायन आचार्य बाल कलाकारको रुपमा देखिएका छन् ।
लमजुङ घरभई अहिले अमेरिकामा रहेका सतिश अधिकारीको प्रस्तुति रहेको यस गीतको लेखन तेजश रेग्मीले गरेका हुन् । शनिबार सार्वजनिक भएको यस गीतको निर्देशन चित्र मास्की मगर र छायाँकन प्रकाश खड्काले गरेका छन् । यसैगरी, संगीत खड्क बाजुराली र कमल सौरागले गरेका छन् ।




















