गोरखा – गोरखाको ५ स्थानिय तहमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको आरुघाट, शहिद लखन र बारपाक सुलिकोट गाउँपालिका तथा पालुङटार र गोरखा नगरपालिकामा गरी ११ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
निर्देशनालयले सूचना जारी गर्दै आरुघाट गाउँपालिकाको ८ र ९ मा १÷१ जना, शहिद लखन गाउँपालिका ७ मा ३ जना र बारपाक सुलिकोटा गाउँपालिका ४ मा २ जनामा संक्रमण पुष्टी भएको हो । त्यस्तै गरी पालुङटार नगरपालिका १ मा १ जना र गोरखा नगरपालिका ४ मा १ जना र ६ मा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
गोरखा नगरपालिका ४ मा संक्रमण देखिएका पालुङटार नगरपालिकामा कार्यरत महिला कर्मचारी र ६ वडामा देखिएको वडा कार्यालयमा काम गर्ने कर्मचारी र उनको छोरी भएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमण देखिएका सबै कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरिएका ब्यत्तिहरु भएको निर्देशनालयले जनाएको छ ।
प्राप्त विवरण अनुसार संक्रमण देखिएका सबैको स्वाब क्षयरोग उपचार केन्द्र पोखरामा परिक्षण गरिएको हो ।



