गोरखा – गोरखाको उत्तरी क्षेत्रका खोेलाले बगाउदा खच्चड गोठाला बेपत्ता भएको छ ।
सनिबार खच्चड लिएर खोर्ला तर्फ जादै गरेका चुमनुब्री गाउँपालिका ३ पाङसिङका हरी गुरुङलाई खोर्ला खोलाले बगाएको हो ।
खोलाले बगाएका गुरुङको हिजै देखी खोजी भई रहेको छ । सनिबार साँझ सम्म खोजी गर्दा पनि फेला नपरे पछि आज बिहानै देखी माछाखोला बाट प्रहरीको टोली गुरुङको खोजीमा खटिएको आरुघाट प्रहरीले जनाएको छ ।
उनको खोजीको लागि आज उनका आफन्तहरु पनि आएको प्रहरीले जानकारी दिएको छ ।


