गोरखा – गोरखामा आए भएको एक कार्यक्रममा ४१ जनाले रत्तदान गरेका छन् ।
लायन्स क्लब अफ गोरखा र लायन्स क्लब अफ गोरखा कालिकाको संयुक्त आयोजनामा सदरमुकामको लोकतान्त्रिक चोकमा भएको कार्यक्रममा ४१ जनाले रगत दिएका हुन् ।
गोरखा उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखा, चेम्बर अफ कमर्स गोरखा र लियो क्लब अफ गोरखाको सहकार्यमा भएको रक्त दान कार्यक्रम ९ जना महिला सहित ४१ जनाले रत्तदान गरेको लायन्स क्लब अफ गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठले जानकारी दिए ।
रत्तदान कार्यक्रममा आयोजक दुवै क्बलका पदाधिकारीहरु, सहकार्यमा सम्लग्न संस्था तथा शसत्र प्रहरी, नेपाल प्रहरी र सर्व साधारणहरुले रत्तदान गरेको क्लबले जनाएको छ ।
कार्यक्रमको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गरेका थिए । संकलित सबै रगत चितवन पठाईएको छ ।









