नेपाली मनोरञ्जन क्षेत्रमा सुप्रसिद्ध नाम हो मह । अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । जनचेतनामूलक कार्यक्रमदेखि टेलिसिरियल र स्टेज कार्यक्रमदेखि फिल्मसम्म जमेका यी जोडी मध्यको ह अर्थात हरिवंश आचार्यलाई कोरोना पोजटिभ देखिएको थियो ।
आचार्यकी पत्नीसमेतलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेशन बसेका दम्पतिलाई पछि परिक्षण नेगेटिभ आयो । त्यसपछि मह को म अर्थात बरिष्ठ हास्य कलाकार मदकृष्ण श्रेष्ठले पनि कोरोना परिक्षण गराए । उनको पिसिआर रिपोट नेगेटिभ आएको छ । कलाकार हरिबंश आचार्य दम्पतीमा कोरोना देखिएपछि उनी कन्ट्रयाक ट्रेसिङमा परेका थिए ।
श्रेष्ठले आफ्नो कोरोना टेष्ट पिसिआर रिपोट नेगेटिभ आएको शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । बिएण्डबी अस्पतालका डाक्टर निरज बैद्यको सहयोगमा घरमै श्रेष्ठले पिसिआर टेष्ट गराएका थिए ।
‘हरिबंशले फोन गरेर रमिला र मेरो पिसिआर टेष्ट गराएको कोरोना पोजेटिभ पो देखियो भन्दा म एकछिन त झसङ्ग भए । किनभने दुई दिन बिहानदेखि बेलुकासम्म हामी एउटै सुटिङमा ब्यस्त थियौं । गाडी समेत एउटै चढेका थियौ ।
त्यसमाथि आफु पार्किन्सन, प्रेसर, प्रोस्टेटको चार पाँचथरी औषधि खाइरहेको मानिस’ श्रेष्ठ लेख्छन् हुन त मलाई केही हुँदैन भन्ने ढुक्कै थिए । तै पनि क्याहो क्याहो भन्न सकिन्छ र ।’
‘ ‘ह’लाई समातेपछि ‘म’ लाईमात्र के बाँकी राख्ला र । समात्यो होला बजियाले भन्याजस्तो गरि मेरो पालो चुपचाप घरमै आइसोलेसमा रहे’ श्रेष्ठले फेसबुकमा लेखेका छन् ।आफ्नो पिसिआर रिपोट नेगेटिभ आएको हरिवंशलाई सुनाउँदा मनै हलुङ्गो भएको बताएको समेत श्रेष्ठले जानकारी गराएका छन् ।




















