काठमाण्डौं – साता दिन अगाडी गोरखा सदरमुकाममा स्कुटर दुरर्घटनामा परेकी एक महिला शिक्षकको राजधानीमा उपचारको क्रममा मृत्यु भएको छ ।
कामको सिलसिलामा गोरखा नगरपालिका तर्फ जादै गरेकी फुलमायाँ श्रेष्ठको आज राजधानीको सैनिक अस्पतालमा मृत्यु भएको हो ।
गोरखा जिल्ला शहिद लखन गाउँपालिका ८ छापथोक स्थायी घर भएकी श्रेष्ठ राम्चे प्राविका स्थायी शिक्षक भएको वडाध्यक्ष काशीनाथ अंगाईले जानकारी दिए । दुरर्घटना पछि उपचारका लागि राजधानीको सैनिक अस्पताल छाउनीमा लगिएको यियो । उनको गएको बिहीबार मात्रै मेरु दण्डको अप्रेशन गरिएको र आज (सनिबार) मृत्यु भएको वडाध्यक्ष अंगाईले बताए ।
श्रेष्ठका श्रीमान र २ छोरी छन् ।


