गोरखा – गोरखाको २ गाउँपालिकामा थप ३ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको भीमसेन थापा र गण्डकी गाउँपालिकामा गरी थप ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
निर्देशनालयले जारी गरेको सूचना अनुसार भीमसेन थापा गाउँपालिकाको वडा नम्बर ६ अश्राङका १ जना पुरुषमा र गण्डकी गाउँपालिकाको वडा नम्बर ४ फुजेलमा २ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यो संगै गोरखा जिल्लामा संक्रमितहरुको संख्या ३११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।




