गोरखा – गोरखा बजारको ९ वटा पसललाई उपभोत्ता हित बिपरित सञ्चालन गरेको भन्दै प्रशासनले कारवाही गरेको छ ।
बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागले सदरमुकाम क्षेत्रमा शुक्रबार उपभोक्ता हित बिपरित सञ्चालन भएका ९ वटा पसललाई कारवाही गरेको हो ।
बिभागकी निरिक्षण अधिकृत एव जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)को नेतृत्वको टोलीले गोरखा बजारमा सञ्चालित होलसेल तथा खुद्रा पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोत्ता हित बिपरित पसल सञ्चालन गरेको भन्दै त्यस्ता फर्महरुलाई ५ हजारदेखि २० हजारसम्म जरिबाना गराएको छ ।
सदरमुकाममा रहेको श्रेष्ठ किराना स्टोर्सलाई २० हजार, राना किराना स्टार्सलाई १५ हजार, खोप्लाङी सप्लार्यसलाई १५ हजार, कमला स्टोर्सलाई २० हजार, बिशाल न्यु किराना स्टोर्सलाई २० हजार, श्रीराम किराना स्टोर्सलाई ५ हजार, जोशी क्वालिटी किरानालाई १० हजार, सौगात स्टोर्सलाई १० हजार र दिप्सन स्टोर्सलाई १० हजार जरिवाना गरिएको जिल्ला प्रसासन कार्यालय गोरखाले जानकारी दिएको छ ।
अनुगमनका क्रममा श्रेयन स्टोर्स, सरिता किराना स्टोर्स, न्यु साजन स्टोरलाई सामान्य सचेत गराए छाडिएको प्रसासनले जनाएको छ । सदरमुकाम स्थित मुस्कान मसला किराना पसल, खुस्बु मसला पसल, जोस किराना पसलमा अखाद्य बस्त मिसिएको भेटिएपछि त्यसलाई नियन्त्रण्मा लिइएको छ ।
त्यस्तै गरी आयुस्मान किराना पसलमा ढकमा समस्या देखिएको, अंशु फ्रेसहाउस, उमर फारु फ्रेसहाउस लगायतका पसलमा सरसफाई नपुगेको भन्दै सचेत गराइएको छ । अनुगमनमा अधिकासं किराना पसलमा म्याद गुज्रेको, लेवल नखुलेको अखाद्य बस्तु समेत फेला परेको पाइएको प्रसासनले जनाएको छ ।




