गोरखा – गोरखा जिल्लाको विभिन्न क्षेत्रमा आज बिहान देखी साँझ सम्म बिद्युत आपूर्ती बन्द हुने भएको छ ।
नेपाल बिघुत प्राधिकरण, गोरखा बितरण केन्द्र अन्तरर्गत र तनहुँले वितरणगर्ने २ वटा फिडरको लाइन अबरुद्व हुने भएको हो । जसले गर्दा जिल्लाको आधा भन्दा बढी भागमा आज दिनभर बिद्युत अबरुद्व हुने भएको छ ।
बितरण शाखा गोरखाले दिएको जानकारी अनुसार गोुरखा बजार–खोप्लाङ फिडर र डुम्रे–गोरखाको ११ केभि लाईन मुनी तथा दाँयाबाँया पर्ने रुख तगा रुखका हाँगा बिगाँ काटनुपर्ने भएकाले बिहान १० बजेदेखि साँझ ५ बजेदेखि सम्म बिद्युत सेवा प्रशारण रोकिने छ ।
जन अनुसार गोरखा बजार–खोप्लाङ फिडरमा खोलखोले, आहाले, ढुङ्गागाडे, लक्ष्मी बजार, बिरेनचोक, १२ किलो, ९ किलो, बुंकोट, मकैपुर, छेवेटार, मिरकोट, बिर्दी, भूसुण्डे र चित्रेपोखरी क्षेत्र र वरपरका क्षेत्रमा विद्युत सेवा अबरुद्व हुने भएको हो । त्यस्तै गरी डुम्रे–गोरखाको फिडरमा पनि आजै काम हुने भएकोल त्यस अन्रतर्गतका च्याङली, गाईखुर, सेरा, बतडाडाँ, थालालुङ, लुईटेल, हर्मी, भच्चेक, चैनपुर र बालुवा क्षेत्र तथा वरपर पनि बिद्युत अबरुद्व हुने कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
नेपालीहरुको चाडबाड नजिकिएको र चाडबाडका बेला रुख र त्यसका हागाँ बिगाँले समस्या नल्यावस भनेर बुस कटीङ गर्न लागिएको हो । बिहान १० बजे देखी ५ बजे सम्मका लागि सूचनामा जति सक्दो चाढो काम सकेर बिद्युत सुचारु गर्ने प्रयास जारी रहने जनाएको छ ।


