लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अन्य बिधा वा क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउंदै आइरहेको छ ।
अष्ट्रेलिया लगायतका मुलुकहरूमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने नेपाली बिध्यार्थीहरूको मन जित्दै आइरहेको ऐजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले अब नेपाली फिल्म र गीत संगीत क्षेत्रमा पनि आफ्नो सस्थाले आबद्दता बढाउंदै लैजाने जानकारी दिए ।
यसै क्रममा यतिबेला यूबा पुस्तामांझ लोकप्रिय भैरहेकी अभिनेत्री उपासना सिंह ठकुरी अब ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसंग जोडीने भएकी छन् । यस सम्बन्धि सम्झौता पत्रमा उपासनाले सम्झौता गरेकी छन् ।
ऐजुकेसन एण्ड माइग्रेसन कर्नरसंग उपासना ब्राण्ड एम्बेस्डरको रूपमा एक बर्षका लागि अनुबन्धित भएकी हुन -‘ अष्ट्रेलियामा उच्चशिक्षा अध्यन गर्न चाहने नेपाली बिध्यार्थीहरूको मन जितेको सस्थासंग जोडीन पाएकोमा खुशी लागेको छ -‘ उपासनाले भनिन् ।
चलचित्र क्याप्टेन र कबड्डी कबड्डी कबड्डी मार्फत नेपाली चलचित्र क्षेत्रमा राम्रै वाहवाही कमाएकी उपासना सिंह ठकुरीले ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेका बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउंने छन् ।




















