नेपाली रक गायन क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन प्रयासरत भोइस अफ नेपाल युवा प्रतिभाशाली उदयमान गायिका आश्रा कुँवरले पहिलो नयाँ गीत सार्वजनिक गरेकी छन्।
आभास बोलको नयाँ गीत आश्रा एन्ड द प्याराबल्स् ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको आभास गीतको स्वयं गायिकाको भिडियो अवधारणा हो भने गीतमा शब्द र संगीत आश्रा एन्ड द प्याराबल्स कै रहेको छ।
प्रायः मनोरञ्जन मायाप्रेमको गीतमा बेग्लै मिठास छोडेको हुन्छ भने बिछोडका गीतले वेदना बोकेका हुन्छन् तर यो गीतले आत्मविश्वास र सकारात्मक भाव बोेकेको छ।
आफ्नो नजिकको व्यक्तिलाई गुमाउँदाको पीडा र पीडाबाट सम्हालिनु र नवीन दिनहरू सुरुवातका लागि उत्प्रेरित गराउनु यो गीतको सन्देश रहेको छ।


