ईटहरि/ अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै स्तरिय सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका गायक, गीतकार तथा संगीतकार दावा गुरुङले आफ्नो नयाँ गीत ‘हिजो जस्तो लाग्छ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको यस कर्णप्रिय गीतमा शब्द, संगीत स्वयम् गायक दावा गुरुङको नै रहेको छ । यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ । भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । हेर्नुस भिडियो
२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हाल सम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् । २०६५ सालमा गायक गुरुङ ‘भन्दिन म तिमीलाई’ बोलको गीतबाट ईमेज अवार्ड र हिट्स एफएम अवार्डबाट समेत सम्मानित भैसकेका छन् । गायक गुरुङको च्यानल सिङ्गर दावा गुरुङ अफिसियल मार्फत सार्वजनिक यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन गायक गुरुङले सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् ।


