गोरखा – गोरखामा आज १४ जना प्रहरी सहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण देखिएकाहरुमा प्रहरी जवान देखी प्रहरी नायव निरिक्षक (सही) सम्मका भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो ।
संक्रमण देखिएका अर्का एक जना भने भारतबाट आएर सदरमुकामको एक होटलमा बसेका महिलामा संक्रमण पुष्टी भएको छ ।
जिल्लामा यो सहित ३०८ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।





















