गोरखा – जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्ला भित्र कोराना संक्रमणको दर बढ्दै गएकाले भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
नजिकीदै गएको दशै, तिहार र छठ पर्वको अबसरमा हुने कुनै पनि खालको सामुहिक गतिबिधी नर्गन गोरखा प्रशासनले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गोरखाले हिजो एउटा सूचना जारी गर्दै चाडपर्वको अबसर पारेर बिगतका बर्षहरुमाा झै बिभिन्न सामाजिक संघसंस्था, युवा समुह, क्लब, आमा समुह तथा वडा सञ्जालले शुभकामना आदान प्रदान सहितका बिभिन्न कार्यक्रमको अयोजना गरेको जानकारी प्राप्त भएकोले त्यस्ता गतिबिधिहरु नगर्न नगराउन आग्रह गरेको हो ।
सूचनामा जिल्ला भित्रका क्रियाशिल राजनीतिक दलहरुलाई समेत दलहरुको आम भेला, कार्यकर्ता भेला, पार्टी प्रवेशको नाममा धेरै जनसमुदायसंग भेटघाट र भीडभाड हुने कार्यक्रम नगर्न नगराउन भनिएको छ ।
प्रसासनद्धारा बर्तमान असहज परिस्थितीमा सवैले सुरक्षा मापदण्डको पालना गर्नुपर्ने भएकाले कार्ययोजना बमोजिम स्वास्थ सर्तकता अपाउदै सदरमुकाम तथा व्यापारिक केन्द्रहरुमा आर्थिक गतिबिधि सञ्चालन गर्न, भौतिक दुरी कायम गर्न, पसलहरुमा भीडभाड नगर्न सूचनामा भनिएको छ ।



