गोरखा – गोरखामा आज १० जना कोरोना संक्रमण पुष्टी भएको छ ।
आरुघाट र भीमसेन थापा गाउँपालिकामा गरी १० जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेृको हो ।
संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकामा ९ जना र भीमसेन थापा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । आरुघाट गाउँपालिका ८ जना कन्ट्रयाक्ट टेसिङमा परेर स्वाब संकलन गरिएका अर्का ब्यत्ति १ ब्यत्ति काठमाण्डौबाट आएको पुष्टी भएको छ ।
त्यस्तै भीमसेन थापा गाउँपालिकाका कोरोना संक्रमण पुष्टी भएका वडा नम्बर ३ का २६ बर्षिय पुरुष आरुघाट स्थित एक बैंकमा कार्यरत रहेको खुलेको छ ।




















