×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘जिन्दाबाद’ गर्दैछन् निश्चल ?

  •  गोरखा समाचार
  • बिहिबार, असोज २२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली फिल्मका ‘ट्रेण्ड सेटर’ निर्देशक मानिन्छन्, निश्चल बस्नेत । नेपाली फिल्म परम्परागत कथ्यशैलीमा रुमलिरहँदा उनले ‘लुट’ जस्तो फरक धारको फिल्म बनाएका थिए । यो फिल्मपछि नै हो नेपाली फिल्ममा कथा भन्ने शैलीमा परिवर्तन आएको । र, ‘लुट’ ले निश्चललाई एउटा विश्वासिलो ब्रान्डको रुपमा स्थापित गर्‍यो । उनले अहिलेसम्म पनि यही फिल्मको ब्याज खाइरहेका छन् ।

    ‘लुट’ पछि निश्चलले ‘टलकजंग भर्सेस टुल्के’ निर्देशन गरे । यसबाट पनि उनले दर्शक तथा समीक्षकको एक हदसम्म स्याबासी पाए । तर, ‘लुट २’ ले उनको निर्देशकिय क्षमतामाथि नै प्रश्न उठायो । ‘लुट’ को नाम बेचेर पैसा कमाउन उनले फिल्म बनाएको आरोप खेप्नु पर्‍यो । उनी आफैं पनि ‘लुट २’ मा धेरै गल्ती भएको स्वीकार गर्छन् र आलोचनालाई सकारात्मक रुपमा लिएका छन् ।

    ‘लुट २’ पछि आफ्नो घैंटोमा घाम लागेको बताउने निश्चल यो फिल्मपछि अभिनयमा सक्रिय छन् । ‘प्रसाद, घामड शेरे’ फिल्ममा मुख्य भूमिकामा अभिनय गरेका उनले केही गीतमा अवाज समेत भरेका छन् । अब भने उनी फिल्म निर्देशनमा कमब्याक गर्ने तयारीमा छन् । उनले निर्देशन गर्ने नयाँ फिल्मको स्क्रिप्ट ‘फिरफिरे’ फेम्ड लेखक बुद्धि सागरले तयार पारिसकेका छन् ।

    गोप्य स्रोतले दिएको जानकारी अनुसार, फिल्मको नाम ‘जिन्दाबाद’ राखिएको छ । निश्चलले यो नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकेको बुझिएको छ । लभस्टोरी-कमेडी जनरामा निर्माण हुन लागेको फिल्ममा ‘लुट’ कै कलाकारहरु दयाहाङ राई, सौगात मल्ललगायतको अभिनय रहने जानकारी प्राप्त छ । अभिनेत्रीमा भने निश्चलकी श्रीमती स्वस्तिमा खड्काको नाम चर्चामा छ ।

    कोरोना महामारी सामान्य भएपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा निश्चल छन् । उनको होम प्रोडक्सन कम्पनी ब्ल्याक हर्स पिक्चरको ब्यानरमा फिल्म निर्माण हुनेछ । स्क्रिप्ट ‘लक’ गरेर अहिले उनी कलाकार छनौटमा लागेको स्रोतले जानकारी दिएको छ । लामो समयपछि एक्सन कटमा फर्किन लागेका निश्चल बस्नेतबाट दर्शकहरुले फरक धारको फिल्मको अपेक्षा गरेका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज २२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दोस्रो संस्करणको ‘नृत्य संग्राम’को उपाधि इसानी, कृपा र लाजिमालाई
    साँझ पर्दै जाँदा उज्यालिँदै धरहरा, अवलोकनकर्ताको बढ्दो आकर्षण (फोटो फिचर)
    थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.