गोरखा – विश्व दृष्टी दिवशको अवशरमा गोरखा सदरमुकाममा निशुल्क आखा जाच र माक्स बितरण गरिएको छ ।
दिवशको अवशरमा लायन्स क्लब अफ गोरखाले सदरमुकाममा आखा जाच र माक्स बितरण गरेको हो ।
सदरमुकामको गोरखा अस्पताल परिषरमा रहेको प्रस्तावित आखा अस्पतालमा आयोजना गरिएको निशुल्क आखा जाच शिविरमा ९१ जनाले सेवा लिएको क्लबका अध्यक्ष श्यामबावु श्रेष्ठले जानकारी दिए । ‘पूर्व निर्धारीत कार्यक्रम अनुसार आज १ दिन हामीले आखा अस्पतालमा उपचारका लागी आउने जो कोहीलाई पनि शुल्क नलिइ कन आखा जाच गरेका हौ’ अध्यक्ष श्रेष्ठले बताए । उनले आखा जाचका लागि आउने सबैलाई माक्स समेत बितरण गरिएको जानकारी दिए ।
प्रस्तावित आखा अस्पतालमा अन्य बेला भने शुल्क लिएर मात्र आखा जाच गराउने गरिन्छ । अस्पतालमा अन्य बेला पनि सयको हाराहारीमा दैनिक आखा जाच हुने गरेको अस्पतालका कर्मचारी बालकृण्ण पोखरेलले जनकारी दिए ।
तस्बिर श्यामबावु श्रेष्ठ



