गोरखा – पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले पूर्वाधार बिकासको बाधक राजनीतिक नेतृत्व, प्रसासन र ठेकेदार भएको बताए ।
गृह जिल्ला गोरखा आएका उनले पत्रकार सम्मेलनमा यि तिनको मिलेमतोका कारण जिल्लाको पूर्वाधारको बिकास हुन नसकेको बताएका हुन् ।
जिल्ला भित्रको बिकास निर्माणका बिषयमा छलफल गर्न समेत गोरखा आएका डा.भट्टराईले पछिल्लो १२ बर्षमा गोरखामा कुनै पनि सडक कालेपत्रे हुन नसक्नुमा यिनीहरुकै संलग्नता भएको ठोकुवा गरे । उनले ‘पालुङटारसम्मको सडकलाई जोड्ने प्रयास गरियो तर यति छिट्टै भत्कियो कि काम नै लागेन, भन्दै ,एघारकिलो–भालुस्वाँरा–बारपाक सडकखण्ड ०६५÷०६६ मा ट्याक खोलियो अहिलेसम्म काम नै भएको छैन ।’ उनले भने ।
राजनीतिक दलको संरक्षण वा सम्बन्धित आयोजना कार्यालयका प्रमुखको संरक्षणमा ठेकेदारहरुले समयमा काम सम्पन्न नगर्ने गरेको उनको गुनासो थियो । ठेकेदारहरुले बिभिन्न बाहानमा काममा ढिलासुस्ती गर्ने गरेको उनले पत्रकार सम्मेलनमा आरोप समेत लगाए ।
डा भट्टराईले पूर्वाधार निर्माणमा कर्मचारीहरुले कतै बनको समस्या देखाउने त कतै निर्माण सामाग्रीको अभाव भएको बाहाना देखाउनदै काममा ढिला सुस्ती गर्ने गरेको समेत भन्दै राजनीतिक दलहरु र प्रसासनिक नेतृत्वमा इमान्दारिता भए बिकास निर्माणका काममा ढिलासुस्ती नहुने बताए ।


