गोरखा – गोरखा जिल्ला भएर चल्ने सार्वजानिक सवारी साधनले स्वास्थ्य मापदण्ड पुरा नगरेको भन्दै नागरिक साँझा सवाल गोरखाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
जिल्लामा कोरोना संक्रमणको महामारी फैलिरहेका बेला सवारी साधानमा स्वास्थ्य सुरक्षा नअपनाई बिधालय र सवारी सञ्चालन भएको पाइएको भन्दै जिल्ला प्रजिअको ध्यानकर्षण गराएको हो ।
नागरिक साँझा सवालका संयोजक स्थानेश्वर दुवाडीको नेतृत्वको टोलीले प्रजिअ तिर्थराज भट्टराईलाई हिजो ध्यानाकर्षण पत्र बुझाउदै सञ्चालनमा आएका सामुदायिक तथा संस्थागत बिधालयको तत्काल अनुगमन गरी संक्रमण फैलन नदिने र जोखिम कम हुने गरी पठनपाठनको वातावरण बनाउन अनुरोध गरिएको हो।
त्यस्तै गरी जिल्लामा लामो समयदेखि बन्दाबन्दी रहेको ब्यवसाय असोज १ पछि सञ्चालनमा आएको र व्यवासायीहरुबाट म्याद गुज्रेको खाद्य सामग्री बिक्रि बितरण हुने जोखिम उच्च रहेकाले त्यसको पनि अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई नागरिक साँझा सवालले आग्रह गरेको छ ।
‘दशै तिहार लगायतका चाडपर्वमा कालोबजारी समेत हुन सक्ने भएकाले संघ, प्रदेश तथा स्थानीय सरकारहरुबाट कडाईका साथ अनुगमन गर्ने वातावरण सृजना गराई समन्वयात्मक भुमिका खेल्न नागरिक साझा सवालले अनुरोध गरेको छ ।
उता जिल्लामा सञ्चालित सार्वजानिक यातायातले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भाडादर समेत ५० प्रतिशतले बृद्धि गरेर लिएको भन्दै तत्कालै सवारी साधानमा सुरक्षा मापदण्ड पुरा गराउन पहल गर्न ध्यानाकर्षणमा भनिएको छ ।



