गोरखा – गोरखाको २ गाउँपालिकामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको सिरानचोक र भीमसेन थापा गाउँपालिमा गरी ६ जनामा कोरोना संक्रमण पुष्टी भएकोे हो । यो सहित गोरखा जिल्लामा संक्रमितहरुको संख्या २८० पुगेको छ ।
संक्रमण देखिएको सिरानचोक गाउँपालिका ३ मा १ महिला सहित ४ जना र भीमसेन थापा गाउँपालिकाको ६ र ८ मा १ जना पुरुष र १ ना नाबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार सिरानचोक गाउँपालिकाका २२ बर्षका पुरुष भने चितवनमा संक्रमण देखिएको हो । उनी कामको सिलसिलामा चितवन रहदा स्वाब संलकन भएको र पोजेटिभ देखिएको हो ।
त्यस्तै गरी अन्य ३ जना मध्ये १ जना १९ बर्षिया महिला र ६५ र ६७ बर्षका पुरुष भने साता दिन अगाडी मात्र गाउँपालिकाको कर्मचारीको देखिएको कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएका ब्यत्तिहरु भएको पुष्टी भएको छ ।
यता भीमसेन थापा गाउँपालिकाको ६ मा ४२ को पुरुष र ८ को ४ बर्षिया नाबालिकामा समेत कोरोना संक्रमण देखिएको छ । दुवै जनाको कन्ट्याक्ट ट्रेसिङ मार्फत स्वाब संकलन गरीएको हो ।
आज संक्रमण देखिएको सिरानचोक गाउँपालिकाको १ जना पुरुषको भरतपुर बाँकी ३ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परिक्षण गरिएको थियो भने भीमसेन थापा गाउँपालिकाका २ जनाको भने क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षण गराईएको थियो ।




















