गोरखा – गोरखा क्याम्पसको आइसोलेनबाट आज थप ३ जना कोरोना संक्रमित उपचार पछि घर फर्किएका छन् ।
घर फर्किनेमा चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको रहेको गोरखा अस्पतालले पुष्टी गरेको छ ।
उपचार पछि घर फर्किनेमा दाङ जिल्ला घर भई हाल चुमनुब्री गाउँपालिका १ मा रहेका ३० बर्षका पुरुष, त्यस्तै गरी गोरखा नगरपालिका ८ का ३८ बर्षका पुरुष र पालुङटार नगरपालिका ५ का २२ बर्षका पुरुषहरु डिस्चार्ज भएका हुन् ।
सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको स्वाब परिक्षण नेगेटिभ आए पछि डिस्चार्ज गरीएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए ।
अब गोरखा अस्पतालका आइसोलेसनमा १ महिला सहित ६ जना बाँकी रहेका छन् ।





















