गोरखा – भेटेरीनरी अस्पताल गोरखाले यो आर्थिक बर्षका लागि ५ करोड भन्दा माथी बजेट पाएको छ ।
भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाले चालु आ.ब.का लागि बिभिन्न ४१ शिर्षकमा ५ करोड ३५ लाख ८७ हजार रुपैया बजेट पाएको हो ।
केन्द्रले आज कार्यालयमा कार्यक्रम गरि योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो । जिल्लामा यो बर्ष ३ वटा नयाँ कार्यक्रम थप भएको कार्यक्रममा केन्द्रका प्रमुख डा.इन्द्रबहादुुर भट्टले जानकारी दिए ।
थप भएको कार्यक्रम अन्रतर्गत भैसी बिकास कार्यक्रम, पशुपन्छी बिमा र पशुमा पूर्ण खोप कार्यक्रम रहेको छ ।
प्राप्त बजेट मध्ये प्रशासनिक खर्च तर्फ १ करोड २३ लाख ४ हजार रुपैया हुने कार्यालयले जनाएको छ ।
स्विकृत कार्यक्रम अन्तरगत नयाँ कार्यक्रम पशुपन्छी बिमा, संरक्षण, प्रिमिय २५ प्रतिसत अनुदानका लागि ४२ लाख, भैसी बिकास कार्यक्रमका लागि ३० लाख र पशुमा पूर्णखोप कार्यक्रमका लागि ७० लाख रुपैया प्राप्त भएको कार्यालयले जानकारी दिएको छ ।


