गोरखा – अज्ञात समूहले गोरखाको धावामा गर्भवती महिलालाई छुरा प्रहार गर्दा गंभिर घाईते भएकी छिन् ।
जिल्लाको भीमसेन थापा गाउँपालिका ४ को धावामा हिजो (सनिबार) राती अज्ञात समूहको छुरा प्रहारबाट २५ बर्षिया अञ्जु भट्ट गम्भीर घाइते हुनुभएकी हुन् ।
धावाको चौतारा स्थित भगवती माध्यामिक बिधालय नजिककै पसल सञ्चालन गर्दै आउनु भएकी भट्टलाई सो समूहले ढाड र कम्मरमा छुरा प्रहार गरेको वडाध्यक्ष मनद श्रेष्ठले जानकारी दिए । घाईते महिलाको हिजै राती गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
महिला सुतिरहेको स्थानमा राती ११/१२ बजे तिर उत्त समूहले छुरा प्रहार गरेर फरार भएका थिए । छुरा प्रहार लगत्तै महिलाले गुहार मागे पछि उनीहरु भागेका थिए । छुरा प्रहार गर्ने समूहले ति महिला माथि के का लागि छुरा प्रहार गरेको भन्ने अहिले सम्म पनि पहिचान गर्न सकिएको छैन ।
उत्त समूहलाई प्रहरीले ब्यापक रुपमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । घटना पछि शंकास्पद केही ब्यत्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भई रहेको समेत कार्यालयले जनाएको छ ।




















