गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका पहिरो पिडितलाई राहत बितरण गरिएको छ ।
जिल्ला प्रसासन कार्यालय गोरखाले बारपाक सुलिकोट गाउँपालिकाका पहिरो पिडितलाई आज (सनिबार) राहत स्वरुप नगद उपलब्ध गराएको हो ।
गाउँपालिकाको ५, ६, ७ र ८ का पहिरो पिडित १२ घर परिवारहरुलाई प्रशासन कार्यालयले प्रति घर परिवारलाई १५ हजार रुपैयाँका दरले उपलब्ध गराईएको अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।
राहत रकम बितरणका लागि जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ, लगायत बारपाक सुलिकोट गाउँपालिका पुगेको थिए ।


