गोरखा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल गोरखाको जिल्ला इन्चार्जमा खिलबहादुर राना चयन भएका छन् ।
युवासंघ नेपालको हिजो र आज बसेको राष्ट्रिय एकता भेला र केन्द्रिय कमिटि बैठकले गोरखा जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको हो । सह ईन्जाजमा भने दिनेश तमुलाई जिम्मेवारी दिएको छ ।
तत्कालिन नेकपा एमाले र माओबादी पार्टी बिच एकता भए पछि युवा संघको जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकिएको हो । इन्चार्ज राना तत्कालिन युवासंघमा आबद्ध थिए भने तमु वाईसियलमा आबद्ध थिए ।
इन्चार्ज राना गोरखा नगरपालिका ५ पस्लाङका हुन भने सह इन्चार्ज तमु गोरखा नगरपालिका ४ फिनामका हुन् । यस अघि दुई संगठन बिच एकता भएसंगै संंघको गोरखा संयोजकमा असोक शर्मा भट्ट र सह संयोजकमा भीम सुनारलाई जिम्मेवारी दिइको थियो ।


