गोरखा – गोरखाका ६ वटा स्थानीय तहहरुमा स्वाँरा सघन नामक गैर सरकारी संस्थाले कोरोना प्रतिकार्य कार्यक्रम सहयोग प्रदान गरेको छ ।
जिल्लामा सञ्चालित श्री स्वाँरा सघन गाउँ विकास केन्द्रले सिरानचोक, अजिरकोट, शहिदलखन, गण्डकी, धार्चे र चुमनुब्री गाउँपालिकालाई सहयोग उपलब्ध गराएको हो ।
संस्थाले युके एडको आर्थि सहयोग तथा मोट म्याक्डोनल्सको व्यवस्थापनमा सञ्चालित पूर्णिमा परियोजना अन्र्तगत केएर नेपाल सँगको साझेदारीमा ति स्थानीय तहहरुलाई सहयोग प्रदान गरिएको स्वाँरा सघनले जनाएको छ ।
स्थानीय सरकारसँगको समन्वयमा पूर्णिमा कोभिड—१९ खानेपानी सरसफाई तथा स्वच्छता प्रतिकार्य कार्यक्रम अन्तरगत जिल्लाको ६ वटा गाउँपालिकालाई सहयोग प्रदान गरेको हो ।
परियोजना अन्र्तगत क्वारिन्टीन सेन्टरहरुमा खुट्टाको सहायताले हात धुने मेसिन जडान, क्वारिन्टीन सेन्टरमा वस्ने व्यक्तिहरुलाई व्यक्तिगत सरसफाई र स्वच्छताका लागि हाइजिन कीट बितरण, नुहाउने स्थल निमार्ण, शौचालय निर्माण, क्वारिन्टीन सेन्टरको निसंक्रमण कीट, क्वारिन्टीन सेन्टर तथा स्वास्थ्य चौकीका लागि सरसफाई सामग्री, स्वास्थ्य संस्थाहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री जस्ता बस्तुहरु उपलब्ध गराएको स्वाँरा सघनले जनाइएको छ ।
सोही परियोजना अन्र्तगत शुक्रबार (आज) गण्डकी गउँपालिकालाई १५० सेट पुरुष र २० सेट महिलाले प्रयोग गर्ने हाइजिन कीट हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष होम बहादुर रानाले जानकारी दिए ।
परियोजना अन्तरगत भित्रका सम्पूर्ण स्वास्थ्य चौकीहरुलाई करिब ३० हजार वरावरको स्वास्थ्य, सरसफाई र व्यक्तिगत सुरक्षा सामाग्री प्रदान गरिएको छ ।


