गोरखा – गोरखा जिल्ला भरी भोली (सनिबार) दिनभर बिद्युत आपूर्ती बन्द हुने भएको छ ।
तनहुँ आँवुखैरेनी स्थित ३३ के.भि. सव स्टेशनदेखि गोरखा स्थित ३३ के.भि. सव स्टेशनसम्मको प्रसारण बन्द हुने भए पछि सनिबार दिन भरी बिद्युत आपुर्ती बन्द हुने भएको हो ।
तनहुँको आँबुखैरेनी देखी गोरखा बजार सम्मको ३३ के.भि. लाईन मुनि तथा शाखा लाईनका रुखका हाँगाबिँगा काट्नु पर्ने भए पछि सबै क्षेत्रको बिद्युत आपूर्ती बन्द गर्न लागिएको गोरखा बितरण केन्द्रले जनाएको छ ।
सनिबार विहान १० वजेदेखि वेलुकी ५ वजेसम्म गोरखा नगरपालिका, भिमसेन गाउँपालिका, सिरानचोक गाउँपालिका, शहिदलखन गाउँपालिका, पालुङटार नगरपालिका लगाएतका स्थानहरुमा विद्युत आपूर्ति वन्द हुने छ ।
गोरखा १६, असोज । गोरखा नगरपालिका गोरखाले नगरपालिका भित्रका बिधालयहरुमा बन्दाबन्दीका कारण लामो समयदेखि रोकिएको शिक्षण सिकाईको बैकिल्पक व्यवस्थाका लागि बिधालयहरुलाई परिपत्र गरेको छ ।
साँकेतिक तस्बिर


