गोरखा – जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले राहतको सट्टा रोजगारी दिने भएको छ ।
गाउँपालिकाले कोभिड–१९ का कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी दिने गरी कार्यक्रम लागु गर्न लागेको हो ।
हिन्दु नेपालीहरुको महान पर्व सुरु हुन लागेको पूर्वसन्ध्यामा रोजगारी गुमाएका श्रमिकहरुको समस्यालाई मध्यनजर गर्दै रोजगारी दिने तयारी थालेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए । ‘हामीले ‘बिपन्न समुदायलाई लक्षित गरि राहतका लागि रोजगारी कार्यक्रम सञ्चालन गर्न लागेका हौ’ अध्यक्ष भट्टले भने ।
रोजगारी दिनकै लागि गाउँकार्यापालिकाको बैठकले निर्णय गरिसकेको छ । ‘काम बिहिन भएका मजदुर बर्ग तथा बिपन्न नागरिकहरुलाई रोजगारीमा सहभागी गराउने’ अध्यक्ष भट्टले जानकारी दिए ।
उत्त कार्यक्रममा सहभागी हुनेहरुले दैनिक ६५० रुपैयाँका दरले ज्याला प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
सहभागीहरुले दैनिक ८ घण्टा काम गर्नुपर्ने छ । काम गर्ने मजदुरहरुको भुक्तानी वडा कार्यालयले कामको अनुगमन गरिसकेपछि भूक्तानी हुने छ । रोजगारीमा सहभागी हुन गाउँपालिकाले बुधबार सूचना समेत जारी गरि सकेको बताउनुभयो ।
साँकेतिक तस्बिर


