गोरखा – ३० औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशमा गोरखा नगरपालिकाका ५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
जेष्ठ नागरिक जिल्ला संघ गोरखाले नगरपालिकाको ५ वटा वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
संघले गोरखा सदरमुकाममा गरेको कार्यक्रममा नगरपालिकाको ४, ५, ६, ७ र ८ नम्बरका महिला तथा पुरुष जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । ‘अन्तराष्ट्रि जेष्ठ नागरिक दिवशको अवशरमा ५ वटा वडाका १÷१ जनालाई सम्मान गरिएको’ जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले बताए । ‘जेष्ठ नागरिक समाजको पथ प्रर्दशक हुन् । उनीहरुलाई सम्मान गर्दा समाजमा अझै उनीको सम्मान उचो हुने’ अध्यक्ष श्रेष्ठले बताए ।
सम्मानित सबै जेष्ठ नागरिकलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोजक अशोक कुमार गुरुङले दोसल्ला ओडाएर सम्मान गरेका थिए । प्रमुख अतिथी गुरुङले ‘समाजमा रहेको जेष्ठ नागरिकलाई सबैले सम्मान गर्न आवश्यक रहेको’ बताए । ‘जुन समाजमा जेष्ठ नागरिकको सम्मान हुदैन त्यो समाजले प्रगति गर्न नसक्ने’ उनले भने ।
सम्मातिन हुनेहरुमा ९२ बर्ष सम्मका जेष्ठ नागरिकहरु भएको संघले जनाएको छ । उनीहरुलाई प्रति ब्यत्ति १ हजार नगद, १ दर्जन बिस्कुट, स्याउ, दाख र साबुन समेत प्रदान गरिएको संघले जानकारी दिएको छ ।
संघमा जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङ, मानव अधिकारबादी यदु अधिकारी समेतको उपस्थिती रहेको थियो ।


