गोरखा – जिल्लाको सिरानचोक गाउँपालिकाले कार्यालय सिल गरिएको छ ।
गाउँपालिकाक कार्यालयका चालकमा कोरोना संक्रमणको पुष्टी भएपछि १ साताका लागि कार्यालय बन्द गरिएको हो ।
गाउँपालिकाले बुधबार सूचना जारी गर्दै कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टी भएपछि १ साताका लागि गाउँपालिकाबाट प्रदान गरिदै आएका अत्याबश्यक बाहेका सवै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
संक्रमित व्यक्ति गाउँपालिका कार्यालयकै कर्मचारी भएका कारण उनको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि रिर्पोट नआउदासम्म कार्यालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले बताए ।


