गोरखा – गोरखा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा आरुघाट र सिरानचोक गाउँपालिकामामा ५ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
संक्रमण भएका मध्ये आरुघाटमा २ जना र गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा १÷१ मा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
न्यौपानेका अनुसार संक्रमण भएका ५ जना पुरुष हुन । संक्रमित मध्ये आरुघाट गाउँपालिकामा बिरगञ्जबाट घर निर्माणका लागि आएका २ जना मजदुर र पालुङटार नगरपालिकामा बिरगञ्जबाट नै आएका फर्निचरमा काम गर्ने मजदुर भएको पुष्टी भएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका १२ का नेपाल प्रहरीमा कायरत भएको पुष्टी भएको छ । त्यस्तै गरी सिरानचोक १ जना पुरुष भने स्थानिय भएको बुझीन आएको छ ।
यो सहित गोरखामा कुल संक्रमितको संख्या २८१ पुगेको छ । जस मध्ये जिल्ला स्वास्थ्य कार्यालय गोरखाले स्वाब संकलन गरेर पठाएको २४९ जना र बाहिरी जिल्लाका स्वाब दिएर संक्रमण देखिएका ३२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।


