गोरखा – गोरखा जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको गोरखा नगरपालिका, भीसेन थापा र चुम नुब्री गाउँपालिकामा गरी ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
प्राप्त विवरण अनुसार गोरखा नगरपालिका ८ भूषाल गाउँका र भीमसेन थापा गाउँपालिका ३ मा बसोबास गर्ने १÷१ जना पुरुष र नुमनुब्री गाउँपालिकाका १ जना महिला कर्मचारीमा संक्रमण देखिएको हो । यो सहित जिल्ला भित्र पिसीआर परिक्षण गराएकाहरु मध्ये २४४ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी जिल्ला भन्दा बाहिर पिसिआर परिक्षण गराउने ३२ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका ८ भूषाल गाउँका ३२ बर्षका पुरुष भत्तपुरमा कार्यरत नेपाल प्रहरीका कर्मचारी भएको पुष्टी भएको छ । उनी केही दिन अगाडी मात्र बिदामा घर आएका थिए । आफु संगै कार्यरत साथीहरुलाई कोरोना संक्रमण भएको थाहा पाएका उनले आफुलाई पनि हुन सक्ने भन्दै स्वाब परिक्षण गराएका थिए ।
उता चुननुब्री गाउँपालिकाका १ जना महिला कर्मचारी सदरमुकाम आएको बेला स्वाब परिक्षण गराउदा पोजेटिभ देखिएको हो । उनको स्थायी घर भने संखुवासभा हो ।
त्यस्तै गरी भीमसेन थापा गाउँपालिका ३ मा संक्रमण देखिएका पुरुष भने बिरगञ्जबाट केही दिन अगाडी आएर सेल्फ क्वारिन्टीनमा बस्दै आएका थिए । डाडाँबेशीमा रहेको ग्रिल उद्योगमा काम गर्ने उत्त मजदुरको स्वाब परिक्षणको क्रममा पोजेटिभ देखिएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य प्रमुख भेषराज खनालले जानकारी दिए ।





















