गोरखा – गोरखा अस्पतालले १८ महिना पछी आज अप्रेसन सेवा सुचारु गरेको छ ।
नयाँ भवन निर्माणका लागि साविकको भवन भत्काए पछि रोकिएको अप्रशेन सेवा आज (मंगबार) देखी सुरु भएको अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए । ‘नयाँ भवन निर्माणका लागि पुरानो भवन भत्काए देखी सबै प्रकारको अप्रेशन सेवा रोकिएको थियो । आज हामीले १८ महिना पछि पहिलो पटक सुत्केरी महिलाको अप्रेशन गरेर सुरुवात गरेका हौ’ ढकालले भने ।
अस्पतालले आवास भवनलाई प्रयोग गरेर अप्रेसन थ्रिएर तयार पारेको छ । त्यही भवनमा पहिलो पटक बारपाक सुलिकोटकी गर्भवती महिलाको अप्रेसन गरेर शिशुलाई जन्म दिएको हो । यस भन्दा अगाडी सामान्य अवस्थामा बाहेक शिशुलाई जन्म दिन कुनै पनि महिला नजिकैको चितवन जिल्ला पुग्नु पर्ने बाध्यता रहेको थियो ।
अस्पतालमा थप ४ जना विशेषज्ञ चिकित्सक आए संगै रोकिएको सेबा बिस्तार भएको अस्पतालले प्रशासनले जनाएको छ । गोरखा अस्प्तालमा अहिले १ जना एम.डि.जि.पि. (इमर्जेन्सी विशेषज्ञ), १ जना जनरल फिजिसियन, १ जना प्रसुती तथा स्त्रीरोग विशेषज्ञ र १ जना मानसिक रोग विशेषज्ञ कार्यरत हरको गोरखा अस्पतालले जनाएको छ ।



