गोरखा – जिल्ला प्रसासन कार्यालय गोरखाले चाडपर्वको मौका छोपी बजारमा कालोबजारी र कृतिम अभावका हुनसक्ने भन्दै उपभोतालाई सचेत रहन आग्रह गरेको छ ।
कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै उपभोत्ताहरुलाई सचेत हुन भनेको हो । ‘नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशै, तिहार, छठ, इद लगायतको पर्वको अबसर पारी खाद्य तथा गैह्रखाद्य सामाग्रीको उपभोग तथा किनमेल बढ्ने भएकाले बजारमा यस्ता सामाग्रीको कृतिम अभाव र कालोबजारी हुनसक्ने’ भन्दै प्रशासनले उपभोक्ताहरुको ध्यानकर्षण गराएको हो ।
बजारलाई व्यवस्थित तथा उपभोक्ताको हित अनुकुल बनाउन पनि सम्पूर्ण व्यवसायी, उद्योगी व्यापारीहरुलाई पनि प्रसासनले आग्रह गरेको छ । उपभोक्ताहरुलाई मूल्यसूची वा बस्तुको लेवलमा अंकीत मूल्य हेरेर मात्र खरिद गर्न, आफुले खरिद गरेको बस्तुको नापतौल उल्लेख गरेर मात्र खरिद गर्न, खरिद गरिएका बस्तुको गुणस्तरीयतामा ध्यान दिन, खरिद गरिएका बस्तुको अनिबार्य बिल लिन प्रशासनले भनेको छ ।
सूचनामा उत्पादन मिति, उपभोग्य मिति, केरमेट गरेको वा पुनः लेबलिङ वा छपाई नगरेको बस्तु खरिद नगर्न र बिक्रेताले बिक्रि कक्षामा मुल्य सूची राखेको छैन, प्याकिङमा मूल्य उल्लेख गरेको छ वा छैन हेर्न पनि भनेको छ । औषधी वा औषधीजन्य पर्दाथको हकमा प्याकिङमा प्रयोग गर्ने तरिका उल्लेख छ छैन हरेर मात्र खरिद गर्न समेत भनेको छ ।
व्यापारीहरुलाई उपभोक्ताले देख्ने गरि मूल्यसूची राख्न, उपभोग्य बस्तुका सामानको उत्पादनको नाम, मिति, उपभोग गर्न मिल्ने समय, मूल्य आदि स्पस्ट उल्लेख नगरिएको खाद्य बस्तु बिक्रि नगर्न, अनिबार्य बिल उपलब्ध गराउन, अनुचित नाफा नलिन, कृत्रिम अभाव सिर्जना प्रशासनले ब्यापारीहरुलाई भनेको छ ।
यदी खाद्यबस्तुमा गैह्रखाद्य बस्तु मिसावट भएको पाइए कारवाही गरिने भन्दै प्रसासनको निर्देशनलाई वेवास्ता गरि कालोबजारी र कृतिम अभाव गराइएको पाइए कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्धारा जारी सूचनामा उल्लेख छ ।




