गोरखा – जिल्लामा सञ्चालित हुने सवारी साधानहरुमा कोभिड–१९ सम्वन्धी सचेतना मुलक सन्देशको स्टिकर टाँस गरिएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढी रहेको भन्दै लायन्स क्लब अफ गोरखा सिटिले जिल्ला भित्र चल्ने सवारी साधानहरुमा स्टिकर टाँस गरेको हो ।
क्लबका अध्यक्ष लायन कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा बसपार्क, घ्याम्पेशाल बस पार्क, माइक्रो काउन्टर र अन्य स्थानमा गरी २०० सवारी साधानमा टाँस गरिएको क्वबका प्रर्थम उपाध्यक्ष ईमान जंग बानियाँले जानकारी दिए ।
कार्यक्रममा साङ्रीला बिकाश बैंकका क्लष्टर चिफ महेन्द्र अधिकारी, जिल्ला ट्राफिक कार्यलय गोरखाका प्रमुख मित्रलाल ढकाल सहित अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो।




















