गोरखा – बारपाक सुलिकोट गाउँपालिकाले जग्गा र संरचनाको लगत संकलनको काम सुरु गरेको छ ।
पालिकाले आफ्नो क्षेत्राधिकार भित्रको जग्गा र संरचनाको लगतको काम सुरु गरेको हो ।
पालिकाले सूचना नै जारी गर्दै गाउँपालिका भित्र सम्पती कर लागू गरेको जानकारी दिदै नागरिकहरुलाई जमिन र जमिनमा बनेको संरचनाको लगत कायम गराउन आग्रह गरिएको छ । यस अघि मालपोत असुल गरि आएकोमा अबदेखि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिकाको आर्थिक ऐन २०७७ बमोजिम सम्पती कर लागू गर्न लागेको जनाएको छ ।
सम्पतीको बिबरण दाखिला गर्न सवै वडा कार्यालहरुमा आइतबारदेखि नै फारम पठाए सकिएको भन्दै जग्गाधनीहरुले कात्तिक ६ गतेसम्म गत आबको मालपोत र भूमिकर चुक्ता गरेको प्रमाणपत्र, जग्गाधनीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, जग्गादर्ता प्रमाण पत्रको प्रतिलिपि लगायतको आबश्यक कागजात बुझाएर लगत संकलनमा सहयोग गर्न पालिकाले सबैमा अपिल गरेको छ ।




















