गोरखा – गोरखामा सोमबार थप १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका १ बक्राङका ५३ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
असोज ५ गते चितवन मेडिकल कलेजमा उपचारको लागि पुगेका उनको चितवनमा स्वाब संकलनका क्रममा कोरोना देखिएको हो ।
संक्रमित ब्यत्ति चितवनकै आइसोलेसन कक्षमा रहेर उपचार गराई रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।





















