पोखरा – गण्डकी प्रदेशको ४ जिल्लामा आज थप ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको नवलपुर, कास्की, लमजुङ, र बागलुङमा गरी थप ७१ जनामा संंक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।
आज (आइतबार) दिउसो १ः०० बजे सूचना जारी गर्दै निर्देशनालयले संक्रमण देखिएको मध्ये बागलुङमा ३१ जना, कास्कीमा २१ जना, लमजुङमा १६ जना र नवलपुरमा ३ जनामा संक्रमण देखिएको हो ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ७४४ पुगेको छ ।




