गोरखा – दुर्घटनामा ज्यान गुमाएका शहिद लखन गाउँपालिकाका एक परिवालाई २६ लाख ३८ हजार भन्दा बढी रकम भूक्तानी गरिएको छ ।
जिल्लाको शहिद लखन गाउँपालिका ३ बनौती निवासी सन्तोष पोखरेलको परिवारलाई एलआईसीले २६ लाख ३८ हजार ८२० रुपैयाँ भूक्तानी गरेको हो ।
सन्तोषको गएको पौष २९ गते तनहुँको आँबुखैरेनीमा रहेको मस्र्याङदी पावरहाउस नजिकै मोटरसाईकल दुर्घटनामा ज्यान गएका थिए । उनले गोरखामा रहेको एलआईसी मार्फत १२ लाख ५० हजारको बिमा गराएका थिए ।
बिमीतको मृत्यु भएकोले मृत्यु दावी भूक्तानी अन्रतर्गत एलआईसीले सन्तोषका श्रीमती र बुवालाई गरी उत्त रकम भुक्तानी गरेको हो । एलआईसीले आफ्नै शाखामा एक कार्यक्रम गर्दै बुवा लवबावु पोखरेल र श्रीमती स्वस्तिका पोखरेल (सापकोटा)लाई चेक हस्तान्तरण गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले मृत्तकका बुवालाई १६ लाख ५ हजार ८४० रुपैयाँ र श्रीमतीलाई १० लाख ३३ हजार रुपैयाँ भूक्तानी गरेको जनाएको छ । कार्यालयका अनुसार विमितले बिमा गरे पछि १ किस्ता रकम मात्र भूक्तानी गरेका थिए ।


