गोरखा – सडक सञ्जालले छुन नसकेको उत्तरी गोरखाबाट हेली मार्फत सुत्केरी ब्यथा लागेकी महिलाको उद्वार गरीएको छ ।
२ दिनदेखि सुत्केरी व्यथा लागेर छटपटाएकी महिलाको हिजो (शुक्रबार) हेली मार्फत उद्वार गरी संघिय राजधानी लगिएको हो ।
जिल्लाको चुमनुव्री गाउँपालिका २ को लि गाउँकी ३० बर्षिया हिसे लामाको नेपाली सेनाको हेलि मार्फत उद्धार गरी सुत्केरी गराउन काठमाण्डौ पठाइएको गाउँपालिकाका प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।
पालिकाले जिल्ला प्रसासन कार्यालयसंग समन्वय गरेर गर्भवती महिलाको हेलि मार्फत उद्धार गरेर सुत्केरी गराउन राजधानी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत दुर्गम क्षेत्रमा बसोबास गर्ने महिलाहरुको ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार सेवा कार्यक्रम अन्र्तगत उद्धार गरिएको गाउँपालिकाले जनाएको छ । लामाको अबस्था जोखिमपूर्ण भएकाले हेली उद्धार गरिएको हो ।
बिकट मानिने ति क्षेत्रका मानिसहरु बिरामी हुदा बोकेर सदरमुकाम सम्म ल्याउन सम्भवन नहुने भए पछि हेली मार्फत नै उद्वार गरीनु बाध्यता नै हो । सामान्य मानिस पनि त्यस क्षेत्रबाट गोरखा सदरमुकाम सम्म आउन पैदल ५ दिन हिड्नुपर्ने बाध्यता रही आएको छ ।
पछिल्लो पटक नेपाल सरकारले नेपाली सेना मार्फत बेनीघाट–आरुघाट–लार्के सडकको ट्रयाक माछीखोला सम्म पुगेको छ । घटना भएको स्थान देखी माछीखोला सम्म आउन पनि एउटा स्वास्थ्य मानिसको लागि ३ दिन लाग्छ ।
उत्त क्षेत्रमा विभिन्न गैर सरकारी संस्थाहरुले स्वास्थ्य सेवा दिएको भएता पनि गंभिर बिरामी भएको अवस्थामा भने हेली चार्टर गर्नु बाहेकको कुनै विकल्प हुदैन ।


