काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा संक्रमितहरुको संख्या ७० हजार माथी पुगेको छ ।
आजै मात्रै थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भए पटि यो संख्या ७० हजार माथी पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रायका प्रबत्ता डा.जागेश्वर गौतमले देशका विभिन्न स्थानबाट संकलित १२ हजार २६२ नमुना परीक्षण गर्दा ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।


