काठमाण्डौं – भातरमा कोरोना भाइरसका कारण संक्रमितहुनेहरुको संख्या ५८ लाख माथी पुगेको छ ।
भारत सरकारका अनुसार आज बिहान सम्म देशभरमा संक्रमितहरुको संख्या ५८ लाख १८ हजार भन्दा बढी पुगी सकेको पुष्टी गरेको हो ।
शुक्रबार मात्रै पनि भारतमा थप ८५ हजार ९१९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
संक्रमित मध्ये ४७ लाख ५२ हजार ९९१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिले भारतमा सक्रिय संक्रमित ९ लाख ७० हजार ७७५ रहेको सरकारले जनाएको छ । संक्रमित मध्ये पनि ८ हजार ९४४ जना गम्भीर अबस्थामा रहेका छन् । भारतमा अहिले सम्म ९२ हजार ३१७ जनाको मृत्यु भई सकेको छ ।
विश्वमा संक्रमितको संख्या भने ३ करोड २३ लाख ९५ हजार नाघेको छ । त्यस मध्ये २ करोड ३९ लाख ४ हजारभन्दा बढी संक्रमणमुक्त भईका छन् ।
विश्व भर संक्रमणले ९ लाख ८७ हजार भन्दा बढी मानिसको मृत्यु भई सकेको छ ।


